१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री महत र बेलायतका परराष्ट्र राज्यमन्त्रीबीच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

अर्थमन्त्री डा. प्रकाशशरण महत र बेलायतका परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लन्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ।

भेटका अवसरमा अर्थमन्त्री महतले नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरे।

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको बताउँदै मन्त्री महतले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताए। साथै उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे।

जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नुपरेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत मन्त्री महतले आग्रह गरे।

साथै, उनले भूतपूर्व गोर्खाहरूका मागहरूको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे। परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरिन्। उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताइन्।