१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक १४ मंगलबार २०:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डिजेलको मूल्य घट्यो, बढेर आएको पेट्रोल र ग्यासको यथावत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक १४ मंगलबार २०:१७:००

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। 

भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको र ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा बढेर आएको थियो। 

उपोभोक्तालाई मूल्यवृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका हुन्। 

मन्त्री रिजालको निर्देशनपश्चात् आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि लागू हुने गरी भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।