१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format o९:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका चारजनाले हानेका थिए प्रधानाध्यापक स्वर्णकारलाई गोली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

गोली प्रहार गरी प्रधानाध्यापकको हत्या

बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ । सोमबार अपराह्न साढे १२ बजे स्कुलनजिकै मदर्सा टोलमा मोटरसाइकलमा घर गइरहेका स्वर्णकारको दुइटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका चारजनाले गोली प्रहार गरी हत्या गरेका हुन् । घाँटी र छातीमा गोली लागेपछि उनलाई वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वर्णकारलाई गोली प्रहार गरेपछि हतियारधारी समूह फरार भएको थियो ।

कलैया उपमहानगरपालिका–६ निवासी स्वर्णकार छाती र घाँटीमा गोली प्रहार भएर ढलेपछि स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए । त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडसिटी हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए । 

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार साँझ कलैया उपमहानगरपालिका–१ बाट एक महिलालाई नियन्त्रणमा लिएको हो । महिलाको परिचय भने प्रहरीले खुलाएको छैन । ती महिला स्वर्णकार हत्याको योजना बनाउने मुख्य योजनाकार रहेको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । स्वर्णकार र ती महिलाबीच निकट सम्बन्ध रहेको बुझिएको छ ।  

प्रधानाध्यापक स्वर्णकारको हत्यारालाई पक्राउ गर्न माग गर्दै कलैयामा प्रदर्शन भएको छ । हत्यामा संलग्न भएकालाई कारबाहीको माग राख्दै स्थानीयवासी र शिक्षकहरूले भरतचोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले जिल्ला सदरमुकाममै दिनदहाडै शिक्षकमाथि गोली प्रहार गरेर हत्या हुँदा पनि सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । एन प्याब्सनका मधेश प्रदेश अध्यक्ष नन्दन यादवले स्वर्णकारको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे प्रदेशभरिकै निजी शिक्षण संस्था बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या भएपछि जिल्लाको शान्ति सुरक्षामा चुनौती खडा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् । बारा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले सदरमुकाममा दिनदहाडै गोली प्रहार भएको घटनाले शान्ति सुरक्षाको प्रश्नमा चुनौती खडा भएको बताए । प्रधानाध्यापक स्वर्णकारको हत्यापछि जिल्लावासी त्रसित रहेको उनको भनाइ छ ।