१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १४ मंगलबार o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वृद्धा हत्यामा संलग्न गुरुङ कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार o८:३३:oo

नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । धादिङ जिल्ला अदालतको थुनछेक आदेशले उनलाई पूर्पक्षका लागि कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १३ असोजमा गुरुङको टाउको, बायाँ गाला, अनुहार र गर्धनको बायाँ भाग तथा शरीरका विभिन्न भागमा धारिलो हरियार प्रहार गरी हत्या भएको थियो । हत्या स्वीकार गरेका गुरुङ सुकमायाका भतिज नाता पर्ने व्यक्ति हुन् ।

नेत्रावती डबजोङ गाँउपालिका–४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकीछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको एसपी मिश्रले बताए ।