
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित विधेयकमा शिक्षकको मर्यादा पनि राखिएको छ । अहिलेको राष्ट्रिय मर्यादामा विश्वविद्यालयका पदाधिकारीदेखि सहायक प्राध्यापकसम्म रहेकोमा अब माध्यमिक तहका शिक्षकलाई पनि राखिएको हो ।
विधेयकमा उल्लेख भएअनुसार विश्वविद्यालयका प्राध्यापकको मर्यादाक्रम १७औँ स्थान, सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादाक्रम १९औँ स्थानमा राखिएको छ । विश्वविद्यालयका उपप्राध्यापक र माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औँ र सहायक प्राध्यापक र तृतीय श्रेणीका शिक्षकलाई २१औँ स्थानमा राखिएको छ ।