मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Thursday, 23 January, 2025
२o८o कार्तिक १३ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १७:२३:oo

बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदूषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन्।

बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ। 

मंगलबारदेखि बिहीबारसम्म आपतकालीन प्रतिक्रिया उपायहरूको शृंखला लागू गरिनेछ, जसमा व्यापक प्रदूषण फैलाउने सवारीसाधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइनेछ। 

बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोमेन्ट ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ। 

ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ। मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ। 
 

छुटाउनुभयो की ?