१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलैयामा दिनदहाडै गोली प्रहारले शान्ति सुरक्षामा चुनौती थपियो : सांसद मैनाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएपछि जिल्लाको शान्ति सुरक्षामा चुनौती खडा भएको जनप्रतिनिधिले आरोप लगाएका छन्।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले सदरमुकाममा दिनदहाडै गोली प्रहार भएको घटनाले शान्ति सुरक्षाको प्रश्नमा चुनौती खडा भएको बताएका हुन्।  

प्रधानाध्यापक रूपेश स्वर्णकारमाथि अज्ञात समूहले गोली हानेर हत्या गरेपछि जिल्लावासी त्रसित रहेको उनको भनाइ छ। सदरमुकामको संवेदनशील स्थानमा गोली प्रहार हुने घटनाले शान्ति सुरक्षाको प्रश्नमा चुनौती खडा भएको मैनालीले औँल्याए।

साथै उनले घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई भयरहित वातावरण बनाउन सम्बन्धित निकायलाई ध्यानाकार्षण गराए।