१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासचिव गुटेरेस पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। 
      
राष्ट्रसंघको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसंघका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन्। 

चारदिने नेपालमा भ्रमणका क्रममा महासचिव गुटेरेस आज संयक्त राष्ट्रसंघको भवनमा पुगेका हुन्। उनी आजै सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम छ। एभरेस्ट भ्यु होटेलमा उनले स्थानीय बासिन्दासँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्क्रिया गर्नेछन्।

मंगलबार उनी अन्नपूर्ण आधार शिविर गएर स्थानीय बासिन्दासँग जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ। साेही दिन त्यहाँबाट फर्केर उनी लुम्बिनी गएर मायादेवी मन्दिरलगायतका स्थानको दर्शन गर्ने र बिरुवा रोपेर काठमाडौं फर्कनेछन् । मंगलबार नै अपराह्न ४ बजे उनले संघीय संसद्लाई संयुक्त रूपमा सम्बोधन गर्नेछन्।