१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४३:oo

लेक लागेर बिरामी परेका दुईजना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

लेक लागेर बिरामी पर्नेमा स्विट्जरल्यान्डका नागरिक सोल्भे सोफिया सिह्युल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरूको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकाेप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।

बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकाेप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकाेप्टर उडाउन समस्या भएको हो।

मन्त्रालयले अल्टिच्युड एयरको हेलिकाेप्टरलाई बिरामीको उद्धार गर्ने अनुमति दिएको उनकाे भनाइ छ । मौसममा सुधार आए आज दुवैजनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए ।

ad
ad