१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक १२ आइतबार २o:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा प्रार्थना सभामा बम विस्फोट, दुईको मृत्यु, ५२ भन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार २o:२२:oo

भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आज प्रार्थना सभामा भएका विस्फोटमा दुईजनाको मृत्यु भएको छ। ५२ भन्दा बढी घाइते भएको प्रहरीले बताएको छ। 

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार १२ वर्षीया बालिकासहित ६ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। ‘हामीसँग अहिले आइसियूमा १८ जना बिरामी छन्। १२ वर्षीया बालिका ९५ प्रतिशत जलेको र ९० प्रतिशत जलेको ५३ वर्षीया महिलासहित दुईजनाबाहेक सबै स्थिर छन्। कुल ६ जना गम्भीर बिरामी छन्,’ उनले समाचार एजेन्सी एएनआईलाई बताइन्।

कालामास्सेरी सिआई बिबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो। 

अक्टोबर २७ देखि सुरु भएको तीनदिने प्रार्थना सभा आइतबार अन्तिम थियो। अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए। 

यो घटना आतंकवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजरायली सैन्य हमलाका बीच प्यालेस्टिनी समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो। (एएनआई)