१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १० शुक्रबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा बसको ठक्करबाट एकजनाको ज्यान गयो, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार १२:५५:oo

काठमाडौंबाट रौतहटको पिप्रा बजारतर्फ आउँदै गरेको बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । बा.६ख १४६३ नम्बरको बसले आज बिहान ५:३० बजेको समयमा माधवनारायण नरपालिका- ६ स्थित आफ्नो घरअगाडिको आँगनमा घुर तापेर बसेका ६५ वर्षीय ब्रह्मदेव दास तत्मालाई ठक्कर दिएको थियो । 

उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । तत्मालाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर स्थानीय फेकु दासको फुसको घरमा पसेको थियो ।  बसको ठक्करबाट घरमा सुतिरहेका ५५ वर्षका फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएका छन् ।

दुवैजनाको गौर अस्पतालमा उपचार भइरहेको छ । मृतक तत्माको शव पनि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय गौर रौतहटले नियन्त्रणमा लिएको छ ।