१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १० शुक्रबार o८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार o८:४२:oo

चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका– १ बहेरा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटरचालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा.३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटरचालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका– ७ बद्रेनीस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तीनजना घाइते भएका छन् ।  

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा.प्र०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलचालक खैरहनी नगरपालिका– १२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका– ६ का २१ वर्षीय विज्ञान चौधरी, सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए । सख्त घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।