१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा २४ घन्टामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएका छन् । राष्ट्रसंघका अनुसार योसँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कुल संख्या ३५ पुगेको छ । 

हमासका बन्दुकधारीहरूले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन । 

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कुल ३५ कर्मचारीको मृत्यु भएको छ,’ संयुक्त राष्ट्रसंघको मानव अधिकार एजेन्सी ओसिएचएले सोमबार साँझसम्मको स्थितिबारे मंगलबार पठाएको अपडेटमा भनिएको छ, ‘तीमध्ये ६ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको संख्याअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् । (एएफपी)