१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार १६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले जित्यो एसिसी यू- १९ प्रिमियर कपको उपाधि    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:५o:oo

नेपालले एसिसी यू- १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा युएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।  

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा युएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर, युएई २६.५ ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै नाै चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहाेराले पाँच, हेमन्त धामीले सात तथा विशालविक्रम केसी तीन रनमा आउट भए । युएईका लागि हरित शेट्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए ।  

जवाफी ब्याटिङमा उत्रिएको युएईले सन्तोषजनक सुरुवात गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेसारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यांश शर्माले ३२ रन बनाए । नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।     

ad
ad