
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेश शाही, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको आर्थिक मामिलामन्त्री शाहीले जानकारी दिए ।
आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ महासंघसँग सहकार्यको हात अघि बढाइएको प्रदेश सरकारले स्पष्ट पारेको छ ।
महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यसम्बन्धी समझदारीपत्रलाई परिणाममुखी बनाउने गरी महासंघले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
समझदारीपत्र