Skip This
इजरालयमा मारिएका १० मध्ये चार शव आइतबार काठमाडौं ल्याइँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार २o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इजरालयमा मारिएका १० मध्ये चार शव आइतबार काठमाडौं ल्याइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २o:२o:oo

इजरायलमा हमासको हमलामा परी मृत्यु भएका १० नेपालीमध्ये चारजनाको शव आइतबार बिहान नेपाल ल्याइने भएको छ । 

तेलअभिभस्थित नेपाली राजदूतावासले जनाएअनुसार भोलि दिउँसो सवा एक बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएका शव आइतबार बिहान काठमाडौं आइपुग्नेछन् । 

दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया सकेर ती चार शव नेपाल पठाउन लागिएको जनाएको छ । 
‘इजरायलबाट फ्लाई दुबईको उठान नम्बर एफजेड १२१० विमानबाट दुबईसम्म र दुबईबाट फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ बाटठ काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फ्लाइट डिटेलअनुसार कात्तिक ५ गते आइतबार बिहान ती चार शव काठमाडौं पुग्नेछन् ।’

दूतावासले अन्य शव पहिचानको काम चलिरहेको पनि जनाएको छ । यस्तै, उपलब्ध सम्पूर्ण सञ्चारमाध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूतावासले जनाएको छ । 

ad
ad