१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजरायल–प्यालेस्टाइनबीच युद्धविराम गर्न माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

गाजा क्षेत्रमा इजरायलको आक्रमण रोकी युद्धविराम गर्न माग गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ। अल अहली अरब अस्पतालमा गरिएको आक्रमणको विरोध गर्दै सो अभियानले समस्या समाधानको पहल नलिइएकोमा आपत्ति जनाएको छ।

‘इजरायल–प्यालेस्टाइन संकट सम्यक समाधानको पहलको सट्टा निहत्था प्यालेस्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय तथा विश्व–शक्तिहरूको स्वार्थको हामी कडा शब्दमा निन्दा गर्दछौँ,’ नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

१० नेपालीसहित सयौंको ज्यान जाने गरी इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले आतंककारी हमलाको समेत अभियानले भर्त्सना गरेको छ। ‘त्यस घटनाको निहुँमा प्यालेस्टाइनको गाजा सहरस्थित अल अहली अरब अस्पतालमा गरिएको नरसंहारकारी आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र सुरक्षित आश्रय खोजिरहेका सर्वसाधारणको ठूलो हताहतीले न्यायप्रेमी विश्व समुदायलाई पुनः स्तब्ध र आक्रोशित पारेको छ,’ विज्ञप्तिमा भनिएको छ।

गाजा क्षेत्रमा अविलम्ब युद्धविरामको आह्वान गर्दै अभियानले प्यालेस्टाइनमा जारी आक्रमणको विरोधमा काठमाडौंस्थित इजरायली दूतावास पुगेर शान्तिपूर्ण विरोध प्रदर्शनसमेत गरेको छ। प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीलगायतको समेत सहभागिता थियो।