१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख, शुक्रबार डिस्चार्ज गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o१:oo

बुधबार राति हृदयाघात भएपछि उपचारका लागि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति निकाल्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ । 

‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण संकेत देखिएको छ,’ अस्पतालको सूचनामा छ । अस्पतालका अनुसार उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएकोे छ । आइसियूमा राखेर उच्च सतर्कताका साथ उनको उपचार थालिएपछि उपचार सहज बनेको अस्पतालले जनाएको छ । 

श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भइसकेको र दोहोरो कुराकानी हुन थालेको जानकारी दिए । ‘आइसियूको प्रोटोकलअनुसार पनि २४ घन्टा राख्नुपर्छ, सोहीअनुसार पनि छिटो डिस्चार्ज नगरिएको हो,’ उनले भने, ‘उहाँको अवस्था सामान्य छ, नेपालतर्फ पनि फोनमा कुराकानी गर्न थाल्नुभएको छ ।’ 

हृदयाघात भएका श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गरिएको थियो । एन्जियोेग्राफीका क्रममा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको थियो । अस्पतालका अनुसार उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको छ । 

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ)मा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङ पुगेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । श्रेष्ठ शुक्रबार डिस्चार्ज हुने बताइएको छ । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले गृहमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । उनका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो छ र दोहोरो संवाद 
भएको छ । 

ad
ad