१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘१० हजार शान्ति सैनिक पठाउन नेपाल तयार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४२:oo

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको बडापत्र सञ्चालनमा आएको दिनको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघको बडापत्र कार्यान्वयनमा आएको दिन १४ अक्टोबरमा भए पनि त्यस दिन विजयादशमी परेका कारण सेनाले बुधबारै दिवस मनाएको हो । 

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल राष्ट्रसंघको पहिचान र विश्व शान्तिको महान् कार्यप्रति समर्पित रहेको बताए । राष्ट्रसंघको महासचिवको लैंगिक समानताको रणनीतिलाई अंगीकार गर्दै दक्ष महिला शान्तिकर्मीहरू तैनाथ गरिरहेको उनको भनाइ थियो ।

बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकाले उक्त चुनौतीको समाधानका लागि नवीन तवरले शान्ति कार्यसम्पादन गर्नुपर्ने खड्काले बताए । उनले राष्ट्रसंघले माग गरेको अवस्थामा नेपालले दश हजार तालिम प्राप्त शान्ति सैनिक पठाउन तयार भएको पनि बताए ।  परराष्ट्रमन्त्री एनपी साउदले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको बताए । 

ad
ad