Skip This
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो सुविधा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १ बुधबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार ११:४१:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकका लागि सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाका अतिरिक्त अन्य उपयोगी सेवासमेत थप गरेको हो ।

सेवा थपिएसँगै ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्नेजस्ता सुविधा थप गरेको जनाइएको छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ इन्टरफेसमा अपग्रेड गरिनुका साथै लगइन मेनु पनि पुनर्संरचना गरिएको बैंकले जनाएको छ । जसबाट स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, इएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको उल्लेख छ । 

यसका साथै बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत नै प्रिभिलेज बैंकिङ सेवासमेत सुरु गरेको जनाएको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बंैकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्ने जनाइएको छ । यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत विनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।