Skip This
‘प्रधानसेनापतिका विषयमा झुटाे सूचनामा आधारित समाचार सम्प्रेषण भयो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २९ सोमबार १४:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘प्रधानसेनापतिका विषयमा झुटाे सूचनामा आधारित समाचार सम्प्रेषण भयो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १४:२६:oo

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुटाे र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताएका छन्। 

नेपाल पत्रकार महासंघ, राजनीतिशास्त्र अध्ययन संघ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्त रूपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा रक्षामन्त्री खड्काले नेपाली सेनाका विषयमा गलत र झुटा सूचनामा आधारित समाचार सम्प्रेषण हुँदा यसले संस्थामा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने परिस्थितिकाे निर्माण भएको उल्लेख गरे।  

‘नेपाली सेनाका एकजना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर ठूलो समाचार बन्यो, राजनीतिक पार्टीमा छलफलको विषय बन्यो। सो विषयमा सम्बन्धित फोरममा प्रस्ट पार्ने कोसिस पनि गरेँ,’ उनले भने, ‘तर, अझै पनि भावी प्रधानसेनापतिसँग जोडेर गलत सूचना आइरहेको छ। जसमा सत्यता छैन।’ 

उपप्रधानमन्त्री खड्काले सरकारले नेपाली सेनाका सहायकरथी यामबहादुर अधिकारीको पदावधि सेनाको नियमावलीअनुसार थप भएको बताए। तत्कालीन माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने सहमतिअनुरूप तोकिएको मापदण्ड, परम्परा, संस्थागत थिति, सैनिक ऐन नियमलाई प्रतिकूल असर नहुने गरी समायोजनको बन्दोबस्त गरिएको प्रसंग उल्लेख गर्दै उनले सोही क्रममा अधिकारीलाई ०७६ मा सरकारले अतिरिक्त सहायकरथीको पद सिर्जना गरेर बढुवा गरेको बताए। 

रक्षामन्त्री खड्काले सहायकरथीको पदावधि सात वर्षको हुने उल्लेख गर्दै अधिकारीको उमेरको अवधिले पुग्ने, सेनाको बोर्ड, प्रधानसेनापति र रक्षा मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले एकपटकका लागि तीन वर्षको पदावधि थप गरेको स्पष्ट पारे। 

नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड, तालिम आवश्यक हुने उनको भनाइ छ। उनले भने, ‘त्यसैले सहायक रथी अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो, झुटा हो। गलत सूचनाका आधारमा समाचार बनाएर राजनीतिबाट मुक्त रहेको र नेपाली जनताको भरोसाको संस्थालाई चलाउने प्रयास गरिएको छ।’
    
उनले प्रेस स्वतन्त्रता, अधिकार र हकका साथै इन्टरनेट र सामाजिक सञ्जालको उपयोग गर्दा समाजमा हुने हानि, संस्थामा पर्ने असर, नागरिकमा पर्ने नराम्रो प्रभावले गलत कुरा पनि सही हो कि भन्ने वातावरण उत्पन्न हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गरे।