
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन्।
शनिबार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। आइतबार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक-एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरेका छन्।