Skip This
काेशी कांग्रेस संसदीय दलका नेता थापाले दिए राजीनामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेशी कांग्रेस संसदीय दलका नेता थापाले दिए राजीनामा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:५३:oo

कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले राजीनामा दिएका छन्। 

थापाले गठबन्धनको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै संसदीय दलकाे नेताबाट उनले राजीनामा दिएका हुन्।
 
आजै कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन्। कार्कीलाई कांग्रेसका आठजना र एमालेका ३९ जना सांसदले समर्थन गरेका थिए। 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितकाे गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेकाे थियाे। 

तर, कांग्रेसका विद्राेही सांसदले नेकपा एमालेका ३९ जना सांसदकाे समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कार्की शेखर काेइरालानिकट नेता हुन्। 

यता आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर काेइराला सम्मिलित बैठकले गठबन्धनलाई कमजाेर नबनाउने सहमति गरेका छन्।