१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी
Invalid date format o८:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिना अगाडि बढ्दा ब्राजिल रोकियो

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format o८:३४:oo

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साबिक विजेता अर्जेन्टिनाको लगातार तीन खेलमा जित

फिफा विश्वकप फुटबल प्रतियोगिताको साबिक विजेता अर्जेन्टिनाले सन् २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेमाथि कठिन जित निकालेको छ । अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हरायो । विश्वकपको सर्वाधिक पाँचपटकको विजेता ब्राजिलले भने भेनेजुएलासँग १–१ को बराबरीमा रोकेको छ । पाराग्वेविरुद्धको खेलमा अर्जेन्टिनाले तेस्रो मिनेटमै १–० को अग्रता लिएको थियो । रक्षक निकोलस ओटामेन्डीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । रोड्रिगो डी पाउलले कर्नरमा ओटामेन्डीले बक्सभित्रबाट भली गोल गरे । 

यसपछि दुवै टोलीले केही अवसर बनाए । तर, प्राप्त अवसरमा गोल नहुँदा अर्जेन्टिना ओटामेन्डीको गोलमा विजयी भयो । अर्जेन्टिनाले तीन खेलबाट सर्वाधिक नौ अंक जोडेको छ । छनोट चरणमा अर्जेन्टिनाले शतप्रतिशत जित निकालेको छ । ब्राजिल समान खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ । कोलम्बिया र उरुग्वे तेस्रो र चौथो स्थानमा छन् । 

पाराग्वेविरुद्ध कप्तान लियोनल मेसी दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका थिए । शतप्रतिशत फिट नभएका कारण उनले मध्यान्तरपछि अवसर पाए । उनले युवा खेलाडी जुलियन अल्भारेजलाई विस्थापन गरे । मेसीले प्रहार गरेका दुई उत्कृष्ट प्रहार पोस्टमा लागेर फर्किएका थिए । ३६ वर्षीय मेसी अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । 

गत डिसेम्बरमा कतारमा आयोजना भएको फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन भएको थियो । दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाले उरुग्वेलाई २—२ मा रोक्यो । इक्वेडरले बोलिभियालाई २—१ ले पाखा लगायो । 

ब्राजिलले अग्रता जोगाउन सकेन
ब्राजिलले सुरुवात अग्रता रक्षा गर्न नसक्दा भेनेजुएलासँग बराबरीको नतिजा सामना गर्न बाध्य भयो । दुई टोलीबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५०औँ मिनेटमा ब्राजिलका ग्याब्रियल मागालहाइसले १–० का लागि गोल गरे । उनले नेमारको पासमा सटीक गोल गरे । खेलको ८५औँ मिनेटमा भेनेजुएलाले बराबरी गोल फर्काएको थियो । एडुआर्ड बेलोले भ्रमणकारी टोलीको हार टारे । जेफर्सन साभारिनोले मिलाएको पासलाई एडुआर्डले गोल गरे । भेनेजुएलाविरुद्ध नेमारसँगै रिचार्लिसन, राड्रिगो, भिनिसियस जुनियरले गोल गर्न सकेनन् ।