१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:o२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवानिवास धुम्बाराहीमा केहीबेरमा बैठक बस्दै छ । 

कोशी प्रदेशमा आगामी सरकार गठनबारे पार्टीका प्रदेश सांसदहरू विभाजित भएपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान भएको निर्धारित समयको अन्त्यतिर सत्तागठबन्धनको निर्णयविपरीत कांग्रेस सांसद केदार कार्कीले आफ्ना सात सांसदसहित एमालेका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ । 

सत्तागठबन्धनको तर्फबाट भने कांग्रेसका अन्य सांसदले माओवादीका सांसद इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । पार्टीभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाको निर्देशनमा कार्कीले मुख्यमन्त्रीमा दाबी गरेको विषयले कांग्रेसभित्र नयाँ विवाद जन्माएको छ । 

ad
ad