१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घोराही-रक्षाचौर सडकको बजेट अन्यत्रै सार्न थालेपछि... 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

घोराही–रक्षाचौर सडकमा परेको बजेट अन्यत्र लैजान खोजेपछि त्यसको चौतर्फी विरोध हुने गरेको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुपन्देहीअन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्न खोजेपछि दाङमा चौतर्फी विरोध भएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र वडा नं. १९ ले  सम्बन्धित कार्यालय तथा केन्द्रीय र प्रदेश सरकारलाई समेत ध्यानाकर्षण गराएका छन्। हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। 

सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनुपर्ने स्थिति छ भने कतै नाली बनाउनुपर्ने अवस्था रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए। 

‘यो सडकमा करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘बाँकी ११ किलोमिटरमा कतै ट्रयाक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसका लागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिँदैनौँ।’  

सोही सडकलाई घोराही–तुलसीपुरको वैकल्पिक सडकका रूपमा लिइएको छ। तर, बर्सेनि बजेट नपर्दा काम अघि बढ्न सकेको छैन। काम अघि नबढ्दा त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा पनि समस्या हुने गरेको तुलसीपुर– ४ निवासी तारा देवकोटाले बताए। ‘धेरै पटक हुन्छ–हुन्छ भन्ने मात्रै भएको छ, काम अघि बढेको छैन, आएको बजेट पनि अन्तै लैजाने षड्यन्त्र हुन्छ,’ उनले भने, ‘हामीलाई घोराही जाँदा–आउँदा निकै समस्या हुने गरेको छ।’   

आएको बजेटसमेत अन्यत्र जान थालेपछि संसदमा पनि कुरा उठेको छ। संघीय सांसद दीपक गिरीले कमिसनको खेलमा अर्कै सडकमा बजेट रकमान्तरण गर्न लागेको भन्दै आपत्ति जनाए।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पनि यो बजेट रकमान्तरण गर्न नदिने बताएका छन्। एक ठाउँमा आएको बजेट त्यत्तिकै अर्को ठाउँमा लैजान नमिल्ने बताए। सहरी विकास मन्त्रालयले उक्त बजेट हालेको हो। चालू वर्ष ०८०/८१ का लागि उक्त बजेट आएको हो। घोराही–रक्षाचौर सडक २१ किलोमिटर लम्बाइ छ।