१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अब वडाबाटै मालपोतको राजस्व संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:२६:oo

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ।

मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए।

‘थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यपालिकाको कार्यालयमा आउनुपरेको छ,’ उनले भने, ‘अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ।’

एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर– २ बस्ने सीता जिसी बताइन्।

वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि संकलन  गर्ने भएको छ।

ad
ad