१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (इयू)का कमिस्नर युटा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् ।विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरे ।

उनले इयूलाई नेपालमा आर्थिक सहायता बढाउनसमेत आग्रह गरे ।  सन् २०१३ देखि इयूले नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षाको निगरानीमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन् ।इयूले ०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका हुन् 

०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयूको टोली नेपाल अनुगमनमा आएको थिएन । यस वर्ष गत साउन र भदौमा इयूको हवाई सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ ।

अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनी हवाई सुरक्षा निगरानीमै थियो ।हरेक ६ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिस्नरको टोलीसँग आग्रह गरेका हुन् । सो भेटमा उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए । 

ad
ad