१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
समाचार डिजिटल संस्करण

लुटेरामाथि गोली प्रहार : पक्राउ एक ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी, अर्को सजाय भुक्तान गरेको प्रतिवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ जगडोलमा गोली लागि घाइते भएका सिन्धुली कमलामाई नगरपालिका– २ का ३६ वर्षीय अमर घलान ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गरेको प्रतिवादी रहेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको गोली प्रहारबाट उनी बिहीबार घाइते भएका थिए। उनको खुट्टामा गोली लागेको थियो। त्यस्तै, घटनास्थलबाट प्रहरीले एउटा पेस्तोलमा सात राउन्ड गोलीसहित सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई पनि पक्राउ गरेको छ। सन्त पनि ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, ‘लुटेरा समूह पछ्याउने क्रममा गोली चलेको छ। यस क्रममा एकजना घाइते भएका छन्। घटनास्थलबाट पेस्तोल र गोली पनि बरामद भएको छ। पक्राउ परेका तीनमध्ये एक ज्यान मार्ने उद्योगको फरार प्रतिवादी र अर्को सजाय भुक्तान गरेर बसेको प्रतिवादी रहेको खुलेको छ।’

अनुसन्धान कार्यालयका अनुसार प्रहरीले उनीहरूलाई महिना दिनदेखि निगरानीमा राखेको थियो। उनीहरू जगडोलमा रहेको खुलेपछि प्रहरी पछ्याउँदै घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार पछ्याएको थाहा पाएपछि उनीहरूले प्रहरीतर्फ लक्षित गर्दै गोली प्रहार गर्न खोजेका थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो। घाइते घलानको अहिले अत्तरखेलस्थित अस्पतालमा उपचार भइरहेको छ।

कार्यालयका एसपी रेग्मीले भने, ‘महिना दिनदेखि उनीहरू प्रहरीको निगरानीमा थिए। यही क्रममा उनीहरू बिहीबार जगडोलमा रहेको खुल्यो। टोली पछ्याउँदै त्यहाँ पुग्यो। तर्सिएका उनीहरूले प्रहरीलाई नै गोली प्रहार गर्न खोजे। यसैको प्रतिकारमा प्रहरी उत्रियो। गोली प्रहारपछि एकजना घाइते हुन पुगे।’