१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घोराही जोड्ने बजेट अन्यत्रै सार्न खोजेपछि विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुपन्देहीअन्तर्गत घोराही–रक्षाचौर सडकको १४ करोड ४० लाख बजेट अन्यत्र सार्न खाजिएको छ । सडकको बजेट अन्यत्र सार्न थालिएपछि तुलसीपुर उपमहानगरपालिका– ४ र १९ ले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, संघ सरकार र लुम्बिनी सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा ११ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । सडक धेरै पुरानो भएकाले कतै पुनः नयाँ ट्र्याक बनाउनु तथा कतै नाली बनाउनुपर्ने अवस्था रहेको तुलसीपुर– ४ का वडाध्यक्ष तुलसी थापाले बताए । ‘यो सडकमा करिब १० किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने ‘बाँकी ११ किलोमिटरमा कतै ट्र्याक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसका लागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौँ ।’ सोही सडकलाई घोराही–तुलसीपुरको वैकल्पिक सडकका रूपमा लिइएको छ । तर, बर्सेनि बजेट नपर्दा काम अघि बढ्न सकेको छैन । 

काम अघि नबढ्दा त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा पनि समस्या हुने गरेको तुलसीपुर ४ निवासी तारा देवकोटाले बताए । ‘धेरैपटक–हुन्छ–हुन्छ भन्ने मात्रै भएको छ, काम अघि बढेको छैन, आएको बजेट पनि अन्तै लैजाने षड्यन्त्र हुन्छ,’ उनले भने ‘हामीलाई घोराही जाँदाआउँदा निकै समस्या हुने गरेको छ ।’ 

आएको बजेटसमेत अन्यत्र जान थालेपछि संसद्मा समेत पनि कुरा उठेको छ । संघीय सांसद दीपक गिरीले कमिसनको खेलमा अर्कै सडकमा बजेट रकमान्तरण गर्न लागेको भन्दै आपत्ति जनाए । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पनि यो बजेट रकमान्तरण गर्न नदिने बताएका छन् । संघीय सहरी विकास मन्त्रालयले उक्त बजेट हालेको हो । चालू वर्ष ०८०÷८१ क लागि उक्त बजेट आएको हो । घोराही–रक्षाचौर सडक २१ किलोमिटर लम्बाइ छ ।