१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२४:oo

साइक्लिङका धेरै फाइदा छन् । यसले स्वस्थ राख्छ, पैसाको बचत गर्छ र पर्यावरणमैत्री पनि छ । बजारमा विभिन्न ब्रान्डका साइकल पाइन्छन् । खरिद गर्नुअघि केही कुरामा ध्यान दिन आवश्यक छ । सकभर साइकल सम्बन्धि ज्ञान भएका मानिस लिएर किन्न जानुपर्छ । नयाँ मान्छे जाँदा ठगिने सम्भावना पनि हुन्छ ।

प्रयोजन : तपाईं नियमित कामका लागि साइकल प्रयोग गर्नुहुन्छ वा फिटनेसका लागि किन्दै हुनुहुन्छ ? समथर जमिन वा उकालो–ओरालोमा प्रयोग गर्नुहुन्छ ? यी विषयमा ध्यान दिनुपर्छ । लामो दूरी र छोटो दूरीमा प्रयोग गर्नका लागि फरक–फरक साइकल उपलब्ध छन् । पक्की सडकका लागि राम्रो स्पिडमा कुद्ने लाइटवेट साइकल उपयुक्त हुन्छन् भने अफरोड र पहाडमा माउन्टेन बाइक ठीक हुन्छ । पक्की सडक र अफरोड दुवैमा चलाउन मिल्ने हाइब्रिड साइकल पनि पाइन्छन् । 

आकार : तपाईंको हाइटअनुसार साइकलको साइज ठीक छ भन्ने सुनिश्चित गर्नुस् । आफूलाई फिट र आरामदायी हुने साइकल रोज्नुपर्छ । त्यस्तै, स्टिल, आल्मुनियम, कार्बन फाइबरलगायत विभिन्न सामग्रीबाट बनेका साइकल पाइन्छन् । स्टिलबाट बनेको साइकलको तौल धेरै हुन्छ, तर यो धेरै टिक्छ । आल्मुनियमबाट बनेका साइकलको तौल हल्का हुन्छ । कार्ब फाइबरबाट बनेका साइकल केही महँगा हुन्छन् । यो अति नै हल्का हुन्छ र पक्की सडकका लागि ठीक हुन्छ । 

गियर : आवश्यकताअनुसार कति गियर भएका साइकल किन्ने भन्ने निर्धारण हुन्छ । धेरै गियर भएका साइकल उकालो–ओरालोलगायत विभिन्न ठाउँमा कुदाउन सहज हुन्छ । त्यस्तै, ब्रेक (रिम ब्रेक वा डिस्क ब्रेक), टायर (पातलो वा मोटो), लाइट, लक, हर्नलगायत कुरा पनि हेर्नुपर्छ । 

टेस्ट राइड : टेस्ट राइड गरेर मात्रै साइकल किन्नुस् ।  साइकलबारे धेरै जानकारी राख्ने प्राविधिकसँग परामर्श गरेर पनि लिन सकिन्छ । 

ad
ad