१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको विजयी सुरुवात

काभा पुरुष च्यालेन्ज कपमा बलियो बंगलादेशविरुद्ध सानदार प्रदर्शन गर्दै नेपाल ३–१ को सेटमा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५८:oo

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष च्यालेन्ज कपमा बंगलादेशलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । सोमबार सुगाथादसा इन्डोरमा नेपालले बलियो बंगलादेशलाई ३–१ को सोझो सेटमा हराएको हो । नेपालले खेल २५–२०, १९–२५, २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पारेको हो । जितपछि नेपालले समूहमा तीन अंक जोडेको छ । 

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५–२० ले जितेको हो । मानबहादुरसँगै टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, हेमन्तबहादुर मल्ल, विनोद चन्द, लोकेन्द्रराज गिरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सहज जित निकालेको थियो । दोस्रो सेटमा सर्भिस, रिसिभ, ब्लक र डिफेन्समा चुक्दा नेपाल १९–२५ ले हार्‍यो । तेस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्दै नेपालले अग्रता २–१ को बनाएको हो । अन्तिम सेटमा उत्कृष्ट प्रदर्शनसँगै नेपाल २५–२१ ले विजयी भएको थियो । 

अब, नेपालले मंगलबार आयोजक श्रीलंका, बुधबार अफगानिस्तान, बिहीबार साउदी अरेबिया र शुक्रबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् । १५ अक्टोबरसम्म हुने प्रतियोगितामा नेपालले पदकको लक्ष्य राखेको छ । कप्तान मानबहादुरले पदक जितेर स्वदेश फर्कने बताएका छन् । 

ad
ad