१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
अन्नपूर्ण हिमशृंखला । फाइल तस्बिर 
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २१ आइतबार १०:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शरदमा हिमाल चढ्न चार सय ३६ आरोहीलाई अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २१ आइतबार १०:१२:००

यस वर्षको शरद्कालीन सिजनको हिमाल आरोहण सुरु भइसकेको छ । यस सिजनमा हिमाल आरोहणका लागि अहिलेसम्म नेपालसहित ५१ देशका चार सय ३६ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । हालै फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विनाअक्सिजन मनास्लु (८,१६३ मि.) हिमालको सफल आरोहण गरिसकेकी छिन् ।

आरोहण खुला गरिएकामध्ये २९ सेप्टेम्बरसम्म २६ हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै तीन सय एक आरोहीले मनास्लु (८,१६३ मि.) हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ । वसन्तकालीन सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोही सबैभन्दा धेरै हुन्छन्, तर शरद् ऋतुमा सगरमाथा आरोहण गर्न अलि कठिन मानिन्छ । यस सिजनका लागि हिमाल आरोहणको अनुमति लिनेमा ९४ जना महिला आरोही रहेका छन् । 

अहिलेसम्म हिमाल आरोहणको अनुमति लिनेमा सबैभन्दा धेरै ६७ चिनियाँ आरोही रहेका छन् । रसियाली र अमेरिकी समान ३६–३६ आरोहीले आरोहणको अनुमति लिएको देखिन्छ । हिमाल आरोहणको अनुमति लिनेमा अस्ट्रेलियाली १०, क्यानाडेली १४, डेनमार्कका १५, फ्रान्सेली २५, जर्मन २०, भारतीय २४, इरानी १३, जापानी २८, पोल्यान्डका ११, स्पेनका २०, स्विट्जरल्यान्डका १४ र बेलायती २२ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार रक्षा उराइ हिमाल आरोहण गर्न चारजना, पुथा हिउँचुली पाँचजना, कुम्भकर्ण पाँचजना, हिमलुङ १४ जना, निमजुङ दुईजना, मकालु फस्ट चारजना, थापा पिक दुईजना, अन्नपूर्ण फोर्थ चारजना, धौलागिरि फस्ट २३ जना, पुमोरी पाँचजना, लिङट्रेन पाँच, वरुण त्से आरोहणका लागि आठजना आरोहीले अनुमति लिएका छन् । यस्तै, ड्रोमो हिमाल आरोहण गर्न दुईजना, आमादब्लम चढ्न १० जना, क्याबुरा तीनजना, अनिदेश चुली चारजना, सरिबुङ एकजना, चोयु पाँचजना, फुर्वी च्याचु तीनजना, चोवुजे दुईजना, टुकुचे पिक आठजना, खायाङ ६ जना, चण्डी हिमाल चारजना, हुन्कु चुली दुईजना र सुर्मा सरोवर नर्थ आरोहणका लागि चारजनाले अनुमति लिएका छन् । 

नेपालमा हिमाल आरोहण गर्नका लागि शरद् र वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । अरू समयमा हिमाल आरोहण बन्द नै हुन्छ । साथै, ट्रेकिङका लागि पनि शरद् र वसन्त ऋतु नै उपयुक्त हो । यस मौसममा हिमाली भेगमा ट्रेकिङ जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड नै लाग्ने गर्छ ।