Skip This
धार्मिक सदभाव कायम राख्न सांसदहरूको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार १३:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धार्मिक सदभाव कायम राख्न सांसदहरूको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १३:o९:oo

सांसदहरूले धार्मिक सदभाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।  

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा प्रदेशस्तरीय अस्पताल बनाउन जग्गा उपलब्ध गराउन संघीय सरकारले निर्णय गर्नुपर्ने बताए।

उनले भने, ‘प्रदेश सरकारले  बजेट विनियोजन गरेर डिपिआर बनिसकेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको २५ रोपनी जग्गा संघीय सरकारलाई तत्काल उपलब्ध गराउन सिफारिस गर्दा पनि निर्णय भएको छैन।’
    
सांसद राजेन्द्रप्रसाद लिङ्देनले विनाआधार धार्मिक सदभावमा खलल पुर्‍याएको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।  सांसद रामशंकर यादवले सदनमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कार्यान्वयन नभएको गुनासो गरे। 

‘सदनमा पटक–पटक बोलिसक्दा पनि सरकारले चासो व्यक्त गर्दैन। जेठदेखि साउनसम्ममा बलान नदी नियन्त्रण सम्बन्धमा तीनपटक दोहोर्‍याएँ, तर सरकारले सुनेन,’ उनले भने, ‘समयमा नसुन्दा धेरै क्षति भइसकेको छ। चालू आर्थिक वर्षमा पनि नियन्त्रण गरिएन भने अन्य बस्ती विस्थापन हुने जोखिममा छ।’

सांसद रामकुमार राईले पहाडी लोकमार्ग दिक्तेल–भोजपुर खण्डमा दश किलोमिटरको कालोपत्र गर्नुपर्ने बताए। सांसद रेखा यादवले वैदेशिक रोजगारीका नाममा महिलाहरूले बेचबिखनमा परेको भन्दै उद्धार, पुनर्स्थापन र पुनर्वासको माग गरे।  
    
सांसद रोशन कार्कीले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगर्नु समितिको अपमान भएको बताइन्। उनले भनिन्, ‘महिला तथा सामाजिक मामिला समितिले निःशुल्क हेल्पलाइनको व्यवस्था र आरती साहको परिवारमाथि दुर्व्यवहार गर्नेप्रति कारबाहीका लागि सिफारिस गरेको थियो। तर, गृह मन्त्रालयले यसको कार्यान्वयन गरेन। के यसरी समितिको अपमान गर्न मिल्छ ?’
    
शून्य समयमा सांसद लेखनाथ दाहालले कार्यतालिकासहितको बजेट कार्यान्वयन प्रक्रियाको लिखित विवरण अर्थ मन्त्रालयसँग माग गरे। सांसद महेन्द्रबहादुर शाहीले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले भेरी बबई डाइभर्सन आयोजनामा स्थानीयलाई जग्गाको मुआब्जा दिन माग गरे। 
    
सांसद राजेन्द्र बजागाईंले नेपाली युवा रुसको सेनामा भर्ती हुने विषयमा सरकारको ठोस जवाफको माग गरे। सांसद महेशकुमार बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा अवरोध पुर्‍याउन तालाबन्दी गरेको भन्दै  सरकारको ध्यानाकर्षण गराए।  
    
सांसद मञ्जु शर्मा अन्सारीले देशमा धार्मिक सदभावलाई कायम राख्न आग्रह गरिन्। सांसद रणकुमारी बलमपाकी मगरले काठमाडौंका विभिन्न स्थानका सडक बालबालिकालाई सुरक्षित वास, शिक्षा र संरक्षणका लागि ध्यानाकर्षण गराइन्।  

सांसद रमाकुमारी पौडेलले काठमाडौंको इन्द्रचोकभित्र भारी बोक्ने श्रमिकलाई तीनपाङ्ग्रे सवारी सञ्चालन गर्न अनुमति दिनका लागि काठमाडौं महानगरपालिकाले वञ्चित गरेको भन्दै निश्चित समय तोकेर भए पनि अनुमति दिनुपर्ने माग गरिन्।