१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दिउँसोको पार्टीमा यस्तो गेटअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१५:oo

समय अभावका कारण जन्मदिनकोे पार्टी तथा गेटटुगेदर कार्यक्रम पनि दिउँसो नै गर्नुपर्ने हुन सक्छ । दिउँसोको समयमा गर्मी हुने भएकाले स्मार्ट देखिनका लागि शीतल र आरामदायी कपडा रोज्नुपर्छ । 

निलेन्थ 
निलेन्थ भएका वानपिस विभिन्न डिजाइनमा पाइन्छन् । आफ्नो शारीरिक वनावटअनुसारको खोजेको रङमा रेडिमेड नपाइन पनि सक्छ । यस्तोमा हामी फेसनडिजाइनरकहाँ जान सक्छौँ । पार्टीमा जाँदा अरूभन्दा फरक देखिने सबैको चाहना हुन्छ । यसका लागि डिजाइनरकहाँ गएर तयार पारेको कपडा प्रयोग गर्नु राम्रो हुन्छ । यो अरूसँग मिल्ने अथवा नराम्रो हुने सम्भावना हुँदैन । 

रेडिमेड पहिरन रोज्दा पनि आफ्नो शारीरिक बनावटअनुसार रोज्न सकिन्छ । दिउँसोको पार्टीमा नटल्किने कपडा रोज्नुपर्छ । कटनको कपडा रोज्नु राम्रो हुन्छ । यदि शरीर मोटो छ भने अफ सोल्जर, भि–नेक, कट वे लाइन डिजाइन राम्रो हुन्छ । पातलो शरीर भए फिटिङ लगाउनु नै राम्रो हुन्छ ।

ए लाइन कट
ए लाइन कट निलेन्थ वान पिस पनि राम्रो हो । यो जस्तो फिगर भएकालाई पनि राम्रो देखिन्छ । स्मार्ट लुक्स दिनका लागि यो डिजाइन पर्फेक्ट हो । विशेषगरी, शरीर मोटो भएकाका लागि अझ राम्रो हुन्छ । ए कट डिजाइन हुने भएकाले यो लगाउँदा पेट देखिँदैन । 

धेरै कलर टोन नभएको
आइक्याची कलर प्रयोग गर्नुपर्छ । ह्वाइट, बेबी पिंक, लिभेन्डर, लाइट स्काई ब्लुलगायत कपडा प्रयोग गर्न सकिन्छ । अलि मोटो शरीर भएकाले डार्क टोनको कलर प्रयोग गर्न सकिन्छ । तर, दुई कलर टोन मात्रै प्रयोग गर्नु राम्रो हुन्छ । बढी कलर अर्थात् रंगीचंगी कलर मिलाउँदा राम्रो नदेखिन सक्छ । 

ad
ad