१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५o:oo

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न बिहीबार बोर्डका अध्यक्ष रमेशकुमार हमाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीमा हस्ताक्षर गरेका हुन् ।   

कार्यक्रममा बोर्डका अध्यक्ष हमालले वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित भएको बताए । उनले भने, ‘यो समझदारीले धितोपत्र बजारमा लगानी तथा जोखिमसम्बन्धी जनचेतना अभिवृद्धि हुनेछ ।’ महासंघका अध्यक्ष ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जालमार्फत धितोपत्र बजारसम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने बताए ।

करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार विकासमा सरकार संवेदनशील हुनेपर्ने उनको भनाइ थियो । त्यस्तै, महासंघका उपाध्यक्ष सुरजकृष्ण वैंद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो क्रममा रहेकाले लगानीकर्ताको ज्ञान र सीप क्षमता बढाउनुपर्ने बताए । लगानीकर्तालाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक पक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रमको दोस्रो सत्रमा लगानीकर्तालाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै बोर्डका निर्देशक रेवत श्रेष्ठले लगानीको जोखिम र अवसरबारे जानकारी गराएका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, बोर्डका पदाधिकारी, लगानीकर्ता संघ–संस्थाका पदाधिकारी सहभागी भएका थिए ।

हाल नेपालमा धितोपत्र बजारमा आबद्ध डिम्याट खाता लिने लगानीकर्ताको संख्या ५९ लाख ४८ हजारभन्दा बढी पुगिसकेको सन्दर्भमा धितोपत्र बजारलाई विश्वसनीय बनाउन लगानीकर्ता शिक्षा सचेतना अभिवृद्धि कार्यलाई निरन्तर रूपमा सञ्चालन गर्न अपरिहार्य भएको बोर्डको भनाइ छ । यस समझदारीले दीर्घकालीन रूपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि सञ्चालन भई धितोपत्र बजारमा सुुसूचित हुन योगदान पुग्ने अपेक्षा गरिएको छ ।