१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भूकम्पले भत्किएका ७६० सम्पदा पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:४६:oo

१२ वैशाख ०७२ मा गएको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो ।

हाल ५० सम्पदा पुनर्निर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा ३० सम्पदा पुनर्निर्माण सुरु गर्न बजेट विनियोजन भएको पनि उनले बताए । भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको र तीमध्ये २५ वटाको पुनर्निर्माण भइरहेको उनले बताए ।

बाँकीको पुनर्निर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनर्निर्माणका लागि काठ, इँटालगायत निर्माण सामग्री नपाइने समस्याका कारण ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।

११ चैत ०७६ पछि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउनुलगायत कारणले पनि काममा ढिलाइ भएको विभागका महानिर्देशक सौभाग्य प्रधानांगले बताए । 
 

ad
ad