१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तस्बिर : बिबिसी
रासस सिड्नी
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा सात दिनभित्र चार सय जंगलमा आगलागी

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

अस्ट्रेलियाको न्यू साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जंगलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोस्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस)ले बताएको छ।

कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीनवटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’को तयारी गर्न आह्वान गरेका छन्।

‘हामी अक्टोबरको पहिलो सातामा छौँ र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसुस गरिरहेका छौँ। जंगलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी हो,’ प्रिमियर मिन्सले भने।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’बाट घटाएर ‘सुझाव’मा झारिएको थियो।    

बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन्।