१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० असोज १८ बिहीबार १२:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोफा हबको दसैँ–तिहार अफर

Read Time : < 1 मिनेट
२०८० असोज १८ बिहीबार १२:०९:००

सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना ल्याएको हो । 

गुणस्तरीयलाई जोड दिँदै सहुलियत मूल्यमा उपलब्ध गराइएको सोफा किन्ने ग्राहकलाई लक्षित गरेर योजना सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिए । काठमाडौं र चितवनमा उद्योग सञ्चालन गरिरहेको कम्पनीले उपहारअन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, बेडकभर, डोरम्याटलगायतका विभिन्न उपहार राखेको धरेलले बताए । 

उनका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई प्रदान गरिएको कुपन स्क्र्याच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने कम्पनीले जनाएको छ । सोफा हबको काठमाडौंको सामाखुसी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुमा आउटलेट रहेको जनाइएको छ ।

कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरी ग्राहकको मागलाई मध्यनजर गर्दै आप्mना उत्पादनमा पाँचदेखि १० वर्षसम्मको वारेन्टीसमेत दिनुका साथै ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । कम्पनीले हाल एक सय ५० भन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको जनाएको छ ।