१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:२९:oo

- नियमित अध्ययनले मानिसको बौद्धिकता बढेर जान्छ, धेरैभन्दा धेरै जानकारी मिल्छ र तनाव कम भएर जान्छ । मानिसको सिर्जनात्मक क्षमता अभिवृद्धि हुन्छ ।  तर, कतिपय मानिसको पढ्ने स्वभावमा कमी आइसकेको हुन्छ र उनीहरूले अध्ययनलाई नियमित गर्न सकेका हुँदैनन् । यसका लागि निरन्तरको प्रतिबद्धता आवश्यक पर्छ ।

- दैनिक रूपमा कुनै निश्चित समय अध्ययनका लागि छुट्याउनु राम्रो हुन्छ । कम्तीमा १५ मिनेट नै किन नहोस्, दैनिक पढ्नुपर्छ । 

- रातको समयमा पढ्नुहुन्छ भने लाइटिङ राम्रो हुन जरुरी छ । यसले आँखामा समस्या गर्दैन । शान्त वातावरणमा बसेर पढ्दा ध्यान केन्द्रित गर्न सकिन्छ । 

- विभिन्न भेराइटी तथा जनराका पुस्तकमध्येबाट आफूलाई मन पर्ने पुस्तक छानेर पढ्न सकिन्छ । पुस्तक पढ्दा मन परेका कुरालाई हाइलाइट गर्ने, नोट बनाउने र अन्य मानिससँग यसबारे छलफल गर्ने गर्न सकिन्छ । यस्तो हुँदा सम्बन्धित विषयमा थप अध्ययनको भोक बढेर जान्छ । 

- सामाजिक सञ्जालले मानिसको ध्यानलाई भंग गरिरहेको हुन्छ । त्यही कारण फोनलाई साइलेन्समा राखेर शान्त स्थानमा बसेर पढ्नु राम्रो हुन्छ । 

ad
ad