१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमसिसी परियोजनाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ : प्रधानमन्त्री

जनतामा पर्ने सकारात्मक प्रभाव हेर्न आतुर छु : एमसिसी सिइओ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानमा बन्ने परियोजनाका कारण नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताएका छन् । एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीमा चार प्रसारण लाइन, तीन सबस्टेसन र १३० किमि सडक मर्मत तथा स्तरोन्नति गरिँदै छ । यस्तो परियोजनाले नेपाली अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त परियोजना सरकारको प्राथमिकतामा पनि रहेको बताए । 

१३ भदौदेखि एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा मिलेनियम च्यालेन्ट एकाउन्ट (एमसिए) नेपालले बुधबार कामठाडौंमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एसियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । यस्तै, एमसिसी परियोजनाको काम पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले गरेका छन् । 

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले यस आयोजनाबाट नेपालको विकासमा सघाउ पुग्ने बताए । एमसिसी नेपाल कम्प्याक्टले राम्रा सडक र थप भरपर्दो विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित बनाउने उनको भनाइ छ । 
एमसिसी नेपाल कम्प्याक्टका परियोजना नेपालको पनि भएको उनले बताए । ‘यसअन्तर्गतका परियोजनामा अमेरिकाको ५० करोड डलर सहयोग छ । त्यसमा थप नेपाल सरकारको पनि १९.७ करोड डलर लगानी छ,’ उनले भने, ‘तसर्थ, यस आयोजनाको निर्माणमा नेपालको पनि ठूलो आर्थिक योगदान छ । यसको कार्यान्वयनमा हामी सक्दो सहयोग गर्छौँ ।’

एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीमा चार प्रसारण लाइन, तीन सबस्टेसन र १३० किमि सडक मर्मत तथा स्तरोन्नति गरिँदै छ ।

उक्त अवसरमा एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले यसअन्तर्गतका परियोजनाबाट नेपाली जनतामा पर्ने सकारात्मक प्रभाव हेर्न आतुर रहेको बताइन् । ‘नेपालका लागि महत्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्न यस कार्यक्रमसम्बन्धी लक्ष्य निर्धारण गर्ने सन्दर्भमा हामीले नेपाल सरकारसँग सहकार्य गरेका थियौँ । निश्चित चुनौती सामना गर्दै कार्यक्रमलाई सफल बनाउन हामी प्रतिबद्ध साझेदारका रूपमा उभिन तयार छौँ । यस सन्दर्भमा नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति पूर्ण विश्वस्त छौँ,’ उनले भनिन्, ‘यस कार्यक्रमबाट नेपाली जनताको जीवनमा पर्ने सकारात्मक प्रभाव हेर्न म निकै आतुर छु ।’

यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमसिसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासका लागि सहयोग पुर्‍याउने बताए । आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा एमसिसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च अधिकृतहरू एवं विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा सहभागी भएकी थिइन् ।

मर्मतका लागि सजिलो र वातावरणका लागि राम्रो सुरक्षित यातायात सञ्जाल निर्माण गर्नका लागि जलवायु एवं दिगो प्रविधि प्रयोग गर्ने सन्दर्भमा सडक विभागका प्रशिक्षार्थी इन्जिनियरबाट भइरहेको कार्यको पनि निरीक्षण गरेकी थिइन् । नेपाल सरकार तथा एमसिसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनीयतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसिसी नेपाल कम्प्याक्टमा ०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।

ad
ad