१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज १७ बुधबार o६:३३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार o६:३३:oo

चाडपर्व नजिकिएसँगै महँगी र कालोबजारीको समस्या बढेको छ, के गर्दै छ प्रशासन ?
पछिल्लो समय चिनी, दूध, पानी, जिरा, ग्यास, फलफूल, तेललगायत दैनिक उपभोग्य सामग्रीको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिको सूचना प्रशासनमा आइरहेका छन् । यसरी आएका सूचनालाई गम्भीरतापूर्वक लिएर ‘भेरिफाई’ गरी सम्बन्धित निकायको समन्वयमा अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेका छौँ । पछिल्लो समय अनलाइन सपिङमार्फत ठगी र गुणस्तरहीन सामग्री बिक्रीवितरण भइरहेको गुनासो पनि बढेका छन् । रात्रिकालीन व्यावसायमा पनि मूल्यसूचीभन्दा बढी मूल्य लिने गरेका गुनासा छन् । प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।

बजारमा दैनिक उपभोग्य सामग्रीको साँच्चै अभाव छ कि कृत्रिम अभाव सिर्जना गराइएको हो ?
निरन्तरको अनुगमनमा कालोबजारी गर्नेले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेको पाइएको छ । पछिल्लो समय चिनीको अभाव सिर्जना गराइएको छ । हामीले पाएको सूचनाका आधारमा अनुगमन गर्दा १४ सय बोरा चिनी लुकाएको पायौँ । दसैँको समयमा खसी, बोका, च्यांग्रा र मासुजन्य पदार्थमा पनि यस्तै अभाव र कालोबजारीको अवस्था आउन सक्छ भन्नेमा हामी सजग छौँ । 

अनुगमन प्रभावकारी देखिएन, कर्मकाण्डी मात्र भयो भन्ने गुनासो छ नि ?
अनुगमनमा एउटा निकाय मात्रै संलग्न हुँदैन । गुनासाहरू जिल्ला प्रशासनबाहेक अन्य निकायमा पनि आउँछन् । वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभागलगायत सरोकारवाला निकायको भूमिका हुन्छ । अनुगमनमा देखिएका तथ्यलाई परीक्षण गरेर पुष्टि गर्नुपर्ने हुनाले केही समय लाग्छ । मौकाको फाइदा उठाउने र उपभोक्तालाई असर पार्ने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ ।