१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज १७ बुधबार o६:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कबड्डीमा इरानसँग नेपाल पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार o६:o८:oo

अनपेक्षित रूपमा पदक सम्भावना बोकेको नेपाली महिला कबड्डी टोली मंगलबार आफ्नो दोस्रो खेलमा एसियाडकै साबिक स्वर्ण विजेता इरानसँग समूह ‘बी’मा ४३–१९ ले पराजित भएको छ । जिओसाना ग्वाली स्पोर्टस् सेन्टरमा भएको खेलमा नेपालले इरानलाई पहिलो हाफमा चुनौती दिएको थियो । पहिलो हाफमा नेपालले इरानविरुद्ध १९–११ को प्रदर्शन गर्‍यो ।

दोस्रो हाफमा नेपाली खेलाडीले धेरै गल्ती गरे । इरानले सम्हालिएर खेल्दा नेपाललाई दोस्रो हाफमा २४–८ ले हरायो । नेपालले दुई खेलबाट दुई अंक बटुलेको छ । नेपालले एसियाडकै डेब्यु खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई हराएको थियो । यस समूहमा तीन राष्ट्र मात्र छन् । अब इरानले आज बंगलादेशको सामना गर्नेछ । इरानले बंगलादेशलाई हराउँदा नेपाल सेमिफाइनलमा पुग्नेछ । महिला कबड्डीमा सेमिफाइनलमा पुग्ने टोली कम्तीमा कांस्य पदक हकदार बन्नेछ । ओसिएले दुई टोली स्वर्णका लागि भिड्दा सेमिफाइनलिस्टलाई संयुक्त रूपमा कांस्य दिने नियम बनाएको छ ।