१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o असोज १५ सोमबार o८:५२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार o८:५२:oo

रास्वपाको प्रथम चरणको जनआवाज सुन्ने कार्यक्रम कस्तो रह्यो ?
हामीकहाँ राजनीतिक दलहरूले नागरिकका कुरा सुन्ने प्रचलन थिएन । आफ्नो कुरा मात्रै सुनाउने, भाषण मात्रै गर्ने प्रचलनलाई चिर्ने हिसाबले हामीले यो अभियान थालेका थियौँ । नागरिक निराश भएका वेला कोही सुन्ने मान्छे आए है भन्ने अनुभूत होस् भन्ने अभिप्रायले यो अभियान सुरु गरेका थियौँ । उत्साहजनक सहभागिता रह्यो । यसबाट नेताहरू जनतासँग निरन्तर संवादमा रहनुपर्छ भन्ने प्रस्ट भयो । 
जनताले तपाईंहरूको राजनीतिक दस्तावेजमा के देख्न चाहेका रहेछन् ?
मुख्यतः दल नागरिकको पक्षमा हुनुपर्छ, राज्यसत्ताका लागि मात्रै होइन भन्ने कुरा आयो । पुराना दलहरू कार्यकर्ता व्यवस्थापनमा लागेको आरोप बढी थियो । राष्ट्रिय सभाबाहेक प्रदेश र संघीय संसद्मा गरेर ८२६ जनप्रतिनिधिको काम देखिएन भन्ने अधिकांशको गुनासो थियो । भत्ता खाने नेताको संख्या कम हुनुपर्छ भन्ने उनीहरूको मत थियो । 

काशीमा मध्यावधि निर्वाचनलक्षित अभियानमा हुनुहुन्छ । मध्यावधि भए रास्वपा सहभागी हुन्छ त ?
हाम्रो सक्रियता सबै प्रदेशमा उस्तै छ । कोशीका साथीहरू पहिल्यैदेखि बढी सक्रिय भएकाले त्यस्तो लागेको हुन सक्छ । त्यहाँका जनतालाई दलले सन्तुलित व्यवहार गर्न नसक्दा अहिले त्यहाँ पहिचानको आन्दोलन चलिरहेको छ । अब पहिचानवादीलाई ठेगान लगाउनेभन्दा पनि उनीहरूको मागलाई मुलुकको हित हुने गरी प्रक्रियागत ढंगले सम्बोधन गर्नुपर्छ । अहिले नै मध्यावधि होला भन्ने हामीलाई लागेको छैन । भइहाल्यो भने चुनाबमा जाने–नजानेबारे पार्टीले छलफल गरेर निर्णय लिन्छ ।