१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज १४ आइतबार १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व अनुसन्धानले फेरि समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक सामान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १५:५८:oo

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलेर ल्याएको अर्को एक ट्रक सामान नियन्त्रणमा लिएको छ।

राजस्व अनुसन्धानको टोलीले सिराहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको हो। 

भन्सार छलीका लत्ताकपडालगायतका सामान रहेको भन्दै प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रकलाई सुराकीको अधारमा टोलीले नियन्त्रणमा लिएको कार्यालय प्रमुख सुरेश आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए। 
 
सिराहाको दक्षिणी सीमावर्ती बजार माडरबाट पूर्वपश्चिम राजमार्गको चोहर्वाचौकतर्फ जाँदै गरेको ट्रकलाई चोहर्वा चोकनजिकै नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले बताए। 

प्रमुख आचार्यका अनुसार ट्रकमा भन्सार छलीको लत्ताकपडालगायतका विभिन्न सामान छन्। टोलीले यसअघि आइतबार बिहान सिराहा नगरपालिका– १५ मा रहेको चन्द्रनारायण आधारभूत विद्यालयपरिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।