१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १२ शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘दिगो विकासको अवधारणा सिंहदरबार र तारे होटेलभन्दा बाहिर जान सकेन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १७:११:oo

दिगो विकास लक्ष्यका अवधारणालाई पूरा गर्ने समयसीमा सात वर्ष मात्रै बाँकी रहँदा लक्ष्य प्राप्तिमा चुनौती देखिएको सरोकारवालाहरूले बताएका छन्।

दिगो विकास लक्ष्यसम्बन्धी छैटौँ सम्मेलनपछि गैरसरकारी महासंघ नेपाल र युथ एड्भोकेसी नेपालले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपालले भनेजस्तो उपलब्धि नभएको टिप्पणी गरेका हुन्। दिगो विकाससम्बन्धी १७ वटा लक्ष्यलाई हासिल गर्न सन् २०१५ देखि २०३० सम्मका लागि रोडम्याप तयार भएकामा लक्ष्य प्राप्तिमा कठिनाइ देखिएको उनीहरूको भनाइ छ।

दिगो विकास लक्ष्यको अवधारणा सरकार र अन्तर्राष्ट्रिय समुदायको भए पनि सिंहदरबार र काठमाडौंका पाँचतारे होटेलभन्दा बाहिर जान नसकेको उनीहरूले आरोप लगाएका छन्।

गैरसरकारी महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले दिगो विकासका लक्ष्यहरू पाँचवटा आधारस्तम्भहरू मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारीमा आधारित भए पनि नारामा मात्रै सीमित भएको टिप्पणी गरे। उनले भने, ‘दिगो विकास लक्ष्यका उपलब्धिहरू पूरा गर्न सात वर्ष मात्रै बाँकी छ । अन्तर्राष्ट्रिय जगतमा नेपालले उपलब्धि गरेको विषयले चर्चा पाइरहेको छ । तर, दिगो विकासको कुरा सिंहदरबार र पाँचतारे होटेलभन्दा बाहिर जान सकिरहेको छैन ।’

उनले तीन तहका सरकारमध्ये प्रदेश र स्थानीय तहमा दिगो विकासका मुद्दाहरू समेट्न नसकिएको बताए।