१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तान विस्फाेटमा ५२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी ५२ जनाकाे मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

इद मिलादुन नबी मनाउन मानिस भेला भएको मस्जिदनजिकै उक्त विस्फोट भएको हाे। बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतंकवादीहरूले उक्त विस्फाेट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्।

साथै उनीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विस्फाेट गराइएको  बताउँदै त्यहाँकाे गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ।

मास्तुङ जिल्लाका सहायक आयुक्तले आतंकवादीले उक्त विस्फाेट गराएको बताए।