१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
२o८o असोज १२ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १२:oo:oo

पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतकाे खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका– ७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । 

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६:४० बजे मृत्यु भएको घोषणा गरे । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाई तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।