१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ११ बिहीबार १६:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

च्याटजिपिटीले अब इन्टरनेटबाटै जानकारी खोज्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १६:१o:oo

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजिपिटी)ले अब इन्टरनेटबाट सीधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी संकलन गर्न सक्ने भएको दाबी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुंगा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ।

अहिलेसम्म प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजिपिटीको प्रतिक्रियाहरू पुराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन।

‘च्याटजिपिटीले अब स्रोतहरूसँग सीधा लिंकहरूको साथ इन्टरनेटमा खोजी गर्न सक्छ र तपाईंलाई वर्तमान र आधिकारिक जानकारी प्रदान गर्छ,’ ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक एक सूचनामा जानकारी गराएको छ। 

पोस्टमा भनिएको छ, ‘यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन।’ नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजिपिटीले उनीहरूसँग कसरी अन्तर्क्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ। 

ओपनएआईले जुनमा आफ्ना पैसा तिरेका ग्राहकका लागि अद्यावधिक सार्वजनिक गरेको थियो, तर प्रयोगकर्ताहरूले इन्टरनेट सामग्रीमा पैसा तिरेका ग्राहकहरूको सूचना चोरी गर्न सफल भएपछि यो अवधारणालाई खारेज गरेको थियो।

‘ब्राउज विथ बिङ’ नाम दिइएको यो सुविधा च्याटजिपिटी प्लस र उद्यम सेवाका ग्राहकका लागि पनि आरक्षित छ, तर ओपनएआईले यो चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको छ।

च्याटजिपिटीले यसको प्रतिक्रियाहरूको साथ प्रत्यक्ष स्रोतहरू पनि उद्धृत गर्नेछ, जुन अब कार्यक्रमको प्रकाशकले नियन्त्रण गर्ने एकल जानकारीमा आधारित हुनेछैन।