१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिम

पछिल्लोपटक सन् २०१६ मा टी–२० विश्वकप खेल्नका लागि पाकिस्तानी टोली भारत आएको थियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी क्रिकेट टोली बुधबार भारत आइपुग्यो । पाकिस्तानी टोलीको स्वागतका लागि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा क्रिकेट समर्थक तथा सुरक्षा अधिकारीहरूको भिड थियो । ५ अक्टोबरबाट भारतमा सुरु हुने एकदिवसीय क्रिकेट खेल्नका लागि दुबई हुँदै पाकिस्तानी टिम हैदराबाद आएको हो । 

यसअघि २०१६ मा टी–२० विश्वकप खेल्नका लागि पाकिस्तानी टिम भारत आएको थियो । एकदिवसीय विश्वकपको उद्घाटन खेलमा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन् । पाकिस्तानले आफ्नो पहिलो खेल ६ अक्टोबरमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेल हैदराबादमा श्रीलंकाविरुद्ध खेल्नेछ । ४६ दिनसम्म चल्ने एकदिवसीय विश्वकपमा ४८ खेल हुनेछन् । १२ नोभेम्बरसम्म लिग चरणका ४५ खेल चल्नेछन् । त्यसपछि १५ र १६ नोभेम्बरमा सेमिफाइनल तथा १९ नोभेम्बरमा अहमदाबादमा फाइनल खेल हुनेछ । 

हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो :  बाबर 
पाकिस्तानका कप्तान बाबर आजमले विश्वकप जित्ने लक्ष्य राखेको बताएका छन् । ‘हामी विश्वकप जित्न चाहन्छौँ । विश्वकपअघि हामीले धेरै समय क्याम्पमा बिताउन पाएनौँ, किनकि हामी लामो समयदेखि निरन्तर खेलिरहेका छौँ । त्यसैले हामीले खेलाडीलाई ब्रेक दियौँ । ताकि, उनीहरू रिफ्रेस हुन सकून् र जित्ने भोकसहित आऊन् । 

जब तपाईंसँग त्यस्तो भोक हुन्छ, तब उत्कृष्ट खेल्नुहुन्छ,’ उनले भने । उनले एसिया कपमा गरेका गल्तीलाई विश्वकपमा नदोहोर्‍याउने बताए । ‘एसिया कपका अन्तिम दुई खेलअघि हामीले साँच्चै राम्रो गरिरहेका थियौँ । एसिया कप फरक प्रतियोगिता थियो र विश्वकप पूरै फरक छ । हामीले त्यहाँ गरेका गल्तीबाट सिकेका छौँ । त्यसलाई दोहोरिन दिनेछैनौँ,’ उनले भने । एसिया कपको सुपर सिक्समा भारत र श्रीलंकासँग पराजित भएपछि पाकिस्तान फाइनल पुग्न असफल भएको थियो । 

ad
ad